Search

भीमेश्वर नगरपालिका भित्रका तिनसय एकसठ्ठी जना नागरिकले खोप लगाए

भीमेश्वर नगरपालिका भित्रका तिनसय एकसठ्ठी जना नागरिकले खोप लगाए

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका भित्र तोकिएको ४ वटा खोप तोकिएका छन् । जसमा भीमेश्वर नगरपालीका वडा नं. १ र २ का लागि दोलखा स्वास्थ्य चौकी, वडा नं. ३, ४ र ५ का चरिकोट अस्पताल, वडा नं. ६ र ७ का लागि ६ नं. वडा कार्यालय र वडा नं. ८ र ९ का लागि बोच स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको हो । यसरी उक्त खोप केन्द्रबाट हिजो र आज गरेर तिन सय एकसठ्ठी जनाले भेरोसिल खोप पहिलो डोज लगाएको छन् । जसमा हिजो बुधबार एकसय पैसठ्ठी जना र आज एकशय छयानब्बे जना रहेका छन् ।

यसरी खोप दिनेहरुमा दोलखा स्वास्थ्य चौकीमा ३७ महिला, ४१ पुरुष गरी ७८ जना, चरिकोट अस्पतालमा ६८ महिला ७१ पुरुष गरी १३९ जना, ६ नम्बर वडा कार्यालयमा ३९ महिला, ३८ पुरुष गरी ७७ जना, बोच स्वास्थ्य चौकीमा ३५ महिला, ३२ पुरुष गरी ६७ जना गरी जम्मा ३६१ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो । यसै गरी पहिला खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र भेरोसिल खोपको दोश्रो मात्रा लगाउन छुटेका ६ जनालाई पनि खोप लगाइएको बताउनु भयो ।

यसै गरी दोलखा जिल्लाका ६३ र ६४ वर्षका नागरिकलाई हिजो र आज खोप लगाउने कार्यक्रम अन्तर्गत विगु गाउँपालिका, मेलुङ गाउँपालिका, कालिन्चोक गाउँपालिका, शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकामा खोप लगाईएको छ ।

त्यसैगरी यही जेठ २९ र ३० गते अर्थात शनिबार र आइतबार जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकामा खोप लगाइनेछ । खोप लगाउन जाँदो नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाको सिफारिस लिई सम्बन्धित पालिकाले तोकेको खोप केन्द्रमा जान समेत अनुरोध जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!