२७ जेठ, बाँपीझ्याला, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् । संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका छन् ।
विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले भने, ‘बहुमत सांसदसहित हामी जान्छौं ।
अब संविधानको धारा १६८ ९५० अनसार मुख्यमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । पोखरेललाई मुख्यमन्त्री बनाउन कांग्रेस १५, माओवादी ११ ९सभामुखबाहेक०, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद सहमत देखिएका छन् ।
बिहीबार मतदान प्रक्रियामा भाग नलिएका प्रदेशसभा सदस्य कृष्ण थापालाई पनि मत दिन आग्रह गरिने कांग्रेस संसदीय दलका नेता पोखरेलले बताए । उनले भने, ‘कृष्ण थापालाई अनुरोध गरेका हौं, तर कोही कसैलाई फकाउन सकिंदैन ।’
मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनतिर आएका छन् । उनले साथ दिएमा मुख्यमन्त्री नियुक्त हुन चाहिने ३१ मत पुग्छ ।