Search

समाजसेवी सकुना श्रेष्ठ जन्मथलो दोलखामा आज पाँचौं चरणको सहयोगी अभियानमा

समाजसेवी सकुना श्रेष्ठ जन्मथलो दोलखामा आज पाँचौं चरणको सहयोगी अभियानमा

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
समाजसेवी सकुना श्रेष्ठले दोलखा जिल्ला भीमेश्वर नगरपालीका ऐतिहासिक शहर वडा नं. २ स्थित बसोबास गर्ने कोभिड १९ को संक्रमणका बेला अग्रपंक्तीमा खट्ने स्वास्थ्यकमी, सुरक्षाकर्मी, सामाजिक सेवामा हिड्ने नागरिकहरुलाई र सदरमुकाम चरिकोट स्थित पत्रकारहरुलाई स्वास्थ्य सामाग्री, दिन दुःखी, असाह्य दैनिक काम गरेर खानु पर्ने निम्नस्तरीय नागरिकहरुलाई खाद्यान्न र कोभिड १९ संक्रमणबाट निको भएका र निम्न आए श्रोत भएकाहरुका लागि प्रोटिन युक्त खाद्य पदार्थहरु बितरण गरिएको छ ।

त्यसै गरी आज भीमेश्वर नगरपालीका स्थित लिष्टोल, डोक्छे, विहार्छे र भीमसेनस्थान आसपासका टोलमा खाद्यान्न सामाग्री वितरण गरिएको छ । यसरी पाँचौ पटकसम्म आफ्नो जन्मथलोका स्थानिय वासिन्दाहरुलाई आफुले सहयोग गर्न पाएकोमा गौरव गर्नु हुन्छ । दिन दुःखी र असाह्यहरुको सहयोग गर्नु नै आफ्नो सन्तुष्टी रहेको बताउदै सामाजिक रुपमा सहयोगको आवश्यकता पर्ने नागरिकहरु दोलखा भित्र, बाहीर जहाँको भएपनी आफुले सहयोग गर्दै आएको समाजसेवी सकुना श्रेष्ठ बताउनु हुन्छ ।

यसै गरी यस कुसल कार्यमा दोलखा स्थित सहयोग गर्नु हुने महिला बिकाश सचेतना केन्द्रका अध्यक्ष मञ्जरी श्रेष्ठ लगाएत उक्त संस्थाका सम्पूर्ण पदाधिकारी र सदस्यहरु, दोलखा स्वाथ्य चौकीका प्रमुख राम मास्के र युवा समाजसेवी शिवजी प्रधानलाई आभार व्यक्त गर्नुका साथै धन्यवाद दिनु हुर्दै आगामी दिनहरुमा पनी यस किसिमको कार्यमा सहयोग रहनेमा आफु विश्वस्त रहेको समाजसेवी श्रेष्ठले बताउनु भयो ।

जेठ ११ गते
समाजसेवी सकुना श्रेष्ठज्यूकै सहयोगमा दोलखा स्थित संक्रमणको समयमा अग्रपंक्तीमा खट्नु पर्ने दोलखा स्वास्थ्य चौकीका कर्मचारीहरु, दोलखा भीमेश्वर मन्दिर स्थित रहेको दोलखा प्रहरी कार्यालयका सुरक्षारत प्रहरीहरु र महिला विकास सचेतन केन्द्रका पदाधिकारी तथा सदस्यहरुलाई माक्स र स्यानिटाईजर बितरण गरिएको थियो ।

जेठ १४ गते
दैनिक ज्यालाधारीमा काम गर्ने, असाह्य दिन दुःखी स्थानिय वासिन्दाहरुलाई अति आवश्यक पर्ने स्वास्थ्य सामाग्री र खाद्यान्न समाजसेवी सकुना श्रेष्ठ मलेकुबाट दोलखा स्थित महिला विकास तथा सचेतन केन्द्र दोलखाको सक्रियता र व्यवस्थापनमा पाखलती, टँसिचाबाली र मन्टोपरमा बितरण गरिएको थियो ।

जेठ १६ गते
समाजसेवी एवं महिला व्यवसायी सकुना श्रेष्ठ र नेपाल निर्माण व्यवसायी महासंघका महासचिव तथा व्यवसायी रोसन दाहालको संयुक्त सहयोगमा कोभिड १९ को संक्रमणबाट मुक्त हुने भीमेश्वर नगरपालीका दोलखाका ३० जना स्थानिय वासिन्दाहरुलाई एक एक वटा हर्लिक्स र एक एक वटा च्ववनप्रास र खाद्यान्न सामाग्री हस्तान्तर गरिएको थियो ।

जेठ २२ गते
समाजसेवि सकुना श्रेष्ठ र नेपाल निर्माण ब्यबसाय महासंघ केन्द्रीय समितिको महासचिव श्री रोशन दहालको संयुक्त सहयोगमा कोभिड १९ बाट मुक्त भई होम आईसोलेशनमा बसेका स्थानिय वासिन्दालाई दोलखा राम्पामा पोषण सामाग्री हर्लिक्स र विभा स्वास्थ्य चौकि प्रमुख राम मास्केको सक्रियतामा बितरण गरिएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!