Search

महानायक राजेश हमालले जन्मदिनको केक धरहरामा काटे

महानायक  राजेश हमालले जन्मदिनको केक धरहरामा काटे

बाँपीझ्याला, काठमाडौँ । नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल बुधबार परेको आफ्नो जन्मदिनको अवसरमा झण्डै आधा दर्जन भन्दा बढी केक काट्दै बिशेष तरिकाले मनाएका छन्। बिशेष तरिकाले मनाउने गरेका छन् ।

यसमा पनी विशेष हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीमा बसेर केक काटिएको छ । महानायक हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेका हुन् । धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा पनि काटेको थाहा भएको छ । यसरी केक काट्दा हमाल पत्नी मधु भट्टराई पनि सँगै रहेकी छिन् ।

जसको जानकारी फिल्म कर्मी तथा हमालका नजिकका साथी शिवराज कार्कीले सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै गराएका हुन् । कार्कीले भिडियोका साथ लेखेका छन् ‘धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउन महानायक ज्युले आफ्नो जन्मदिन धरहरामा केक काटेर मनाउँदै ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!