Search

चुरीफुरीले दियो सर्वसाधारणलाई राहत

चुरीफुरीले दियो सर्वसाधारणलाई राहत

बाँपीझ्याला, काठमाडौंँ । नेपालमा करिव डेढ महिनादेखि सरकारले जारी गरिएको निषेधाज्ञाका कारण निम्न बर्गका मानिसको दैनिक गुजारामा समेत समस्या देखिएको छ । दैनिक गुजारामा समेत समस्य देखिएका काठमाडौं बसुन्धराका करिब २५ परिवारलाई फिल्म ‘चुरीफुरी’ को नामबाट उक्त फिल्म आवद्ध युनिटले ति परिवारलाई चामल, दाल, नुन, तेल, बिस्कुट लगायतका खाध्यान्न र मास्क समेत बितरण गरेको छ ।

यसै गरी युनिटले एकल महिला, अपाङ्ग तथा मृगौला बिरामीका परिवारलाई समेत राहत बितरण गरेको चलचित्रका निर्देशक ऋषि राज आचार्यले जानकारी दिए ।

उक्त फिल्मका निर्माता समेत रहेका निर्देशक ऋषि राज आचार्य र सह निर्माता बिमला भुसालको तर्फबाट उक्त राहत बितरण गरिएको हो । महामारीको समयमा पिडितका लागि थोरै भएपनि राहत मिलोस् भनेर आफुले खाध्यान्न सहयोग गरेको निर्देशक आचार्यको भनाई रहेको छ ।

आर.बि.मुभिजको व्यानरमा निर्माणधित ‘चुरीफुरी’ फिल्म हो । रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरबिर पन्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य ,राजेन्द्र खाती, लक्ष्मी ढकाल (जोया), महेश्वर आचार्य ,कमल सिंह, अस्मिता बस्नेत, सरिस्मा मगर, तुलसी प्रशाद श्रेष्ठ, रश्मि आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, जि.पि.पाठक, मनिल तामाङलगायतको अभिनय रहेको छ ।
समय अनुकुल रहेमा यही आँउँदो १ असोजबाट सार्वजनिक प्रदर्शनमा आउँने तयारी रहेको थाहा भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!