Search

मुम्बईमा वर्षाको कहर : दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ

मुम्बईमा वर्षाको कहर : दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ

बाँपीझ्याला, एजेन्सी । मुम्बईमा बुधबार दिनभर पानी प¥यो । त्यसपछि मालवानी इलाकामा चार तले एक भवन राती ११ बजे ढल्यो । उक्त भवन अर्को भवनमा ठोक्किएको थियो । दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५ जनाको उद्धार गरिएको छ । दुर्घटना हुँदाको समय यस भवनमा तीन परिवार बसेको थियो । यसमा केही बच्चा पनि समावेश छन् ।

बृहन्मुम्बई नगर निगमले आसपासका तीनवटा भवन पनि खतरनाक स्थितीमा रहेकाले ती सबैलाई खाली गरिएको जनाएको छ ।
दुर्घटनापछि अग्नी तथा विपद् नियन्त्रक टोलीले घटनास्थल पुगेर राहत तथा उद्धारको काम सुरु गरेको थियो । तर धेरै जनसंख्या बसोबास गर्ने र सानो बाटो भएका कारण घटनास्थल पुग्नै गाह्रो पयो । सानो बाटोका कारण एम्बुलेन्स, दमकल र जेसीभीलाई पनि घटनास्थल पुग्न समस्या भएको थियो ।

मुम्बई र आसपासका इलाकामा बुधबार लगभग दिनभर पानी परेको थियो । जसकारण धेरै इलाकाहरु डुबानमा परे । मौसम विज्ञान विभागले आज पनि घनघोर वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!