Search

बाइडेनको पहिलो विदेश भ्रमण बेलायतबाट

बाइडेनको पहिलो विदेश भ्रमण बेलायतबाट

२७ जेठ, बाँपीझ्याला, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेपछि आफ्नो पहिलो विदेश भ्रमणको सुरुवात बेलायतबाट गरेका छन्। उनी बुधबार बेलायत आएका हुन्। बाइडेनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई आज भेट्ने कार्यक्रम छ। भेटका क्रममा नयाँ एटलान्टिक चार्टरमा दुई देशबीच सहमति बन्ने बताइएको छ।

यो यसअघि विन्सटन चर्चिल र फ्रयाङ्लिन रुजवेल्टबीच सन् १९४१ बीच भइसकेको सम्झौताको नयाँ रुप हो। अहिले यसमा जलवायु परिवर्तन र सुरक्षामाथि जोड दिइँदै पुन: सम्झौता गरिन लागेको हो।

युरोपियन क्षेत्रको आठदिने भ्रमणमा निस्केका बाइडेनले त्यसक्रममा त्यहाँकी रानीलाई विन्डसोर क्यासलमा भेट्ने कार्यक्रम पनि तय छ। यस्तै उनले जी-७ को बैठकमा पनि सहभागी हुँदै छन्। यसका अलावा नाटो समिटमा पनि सहभागी बन्दै छन् भने भ्रमणको अन्त्यमा रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई जेनेभामा भेट्दैछन्।

ह्वाइट हाउसका अनुसार रुसका राष्ट्रपतिसँगको भेटका क्रममा बाइडेनले सेना नियन्त्रण, जलवायु परिवर्तन, युक्रेनमा रहेका रसियन सेना, रसियाको साइबर हमला, जेल हालिएका विपक्षी नेता एलेक्स नाभाल्नीलगायत अन्य विषयमा समग्रमा कुराकानी गर्नेछन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!