Search

नेकपा एमालेको खनाल–नेपाल पक्षलेओलीलाई पठाएको लिखित प्रस्तावमा के थियो त ?

नेकपा एमालेको  खनाल–नेपाल पक्षलेओलीलाई पठाएको लिखित प्रस्तावमा के थियो त ?

बाँपीझ्याला, काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष ओलीले एकताका लागि अपिल जारी गरेपछि वक्तव्य जारी गर्दै खनाल–नेपाल पक्षले अध्यक्ष ओलीको अपीलमा कुनै पनि कुराको सम्बोधन नभएको जिकिर गरेको छ । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७८ वैशाख ७ र २६ गते मा दुई–दुई पटक लिखितरुपमा नेकपा (एमाले) को एकता र प्रभावकारितालाई कायम राख्न केपी ओलीलाई ठोस प्रस्ताव पठाएको जनाएको छ ।

आफूहरुले पठाएको प्रस्तावका कुनैपनि कुराहरूको सम्बोधन नगरी कुनै वार्ता नभइ एकताको लागि गरिएको ओलीको आव्हान साँच्चिकै एकताको पक्षमा नभइ केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिएको सो पक्षले ठहर गरेको छ ।

​यस्ता थिए खनाल–नेपाल पक्षका प्रस्ताव

क) पार्टी र सम्बद्ध सबै जनसंगठनहरुको संगठनात्मक संरचना तथा जिम्मेवारी २०७५ साल जेठ २ गते अगाडिको स्थितिमा कायम गरी सञ्चालन गर्ने,

ख) नवौं राष्ट्रिय महाधिवेशनको निर्णय तथा पार्टी विधान विपरीत २०७७ साल फागुन २३ गते पछि ९फागुन २८ गतेको निर्णय समेत० का सबै निर्णयहरु खारेज गर्ने,

ग) यस विषयमा सहमति भएकै दिन पार्टी स्थायी कमिटीको बैठक बोलाई उक्त सहमतिको अनुमोदन गर्ने,

घ) सोही बैठकबाट एउटा कार्यदल गठन गरी त्यसले राष्ट्रिय महाधिवेशन, विभिन्न तहका अधिवेशन र पार्टी सदस्यता लगायतका संगठनात्मक विषयहरूका बारेमा सात दिनभित्र सिफारिश प्रतिवेदन दिनेगरी निर्णय गर्नुपर्ने उल्लेख गरेका थियौं,

ङ) त्यसैगरी केन्द्रदेखि स्थानीय तहसम्म स्पष्टीकरण, निलम्बन र सदस्यता खारेजी लगायतका सबै कारवाहीहरु बदर गर्ने,

च) पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्ने,

छ) पार्टीमा सहज स्थिति भएपछि विगतमा भए गरेका कामकुराहरुको उपयुक्त समयमा समीक्षा गर्ने सहमति हुनुपर्ने स्पष्ट गरेका थियौं ।

ज) प्रधानमन्त्री केपी ओलीबाट प्रतिनिधि सभा विघटन गर्ने लगायतका संविधान सम्मत नरहेका निर्णयहरु फिर्ता गरिनुपर्ने,

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!