Search

अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

बाँपीझ्याला, बारा । महागढीमाई नगरपालिका-२ इनर्वा चोकबाट ४९ केजी अवैध लागूऔषध गाँजा सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ औराहा टोल बस्ने ३९ वर्षीय अमिरका पासवान, ५६ वर्षीय रमेश चौधरी र ३७ वर्षीय राज कुमार ठाकुर रहेका छन् ।

बरियारपुरबाट तेलकुवातर्फ जाँदै गरेको ना.२ ह ६१०६ नम्बरको अटो तथा नम्बर प्लेट नभएको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकल चालक अमिरका, अटोका चालक रमेश र अटोमा सवार राजकुमारलाई अटो र मोटरसाइकल सहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उक्त गाँजा विक्री गर्नका लागि अटोमा लुकाई ल्याएको खुल्न आएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!