बाँपीझ्याला, कास्की । कोभिड १९ को संक्रमणबाट नेपाली जनतालाई बचाउन सरकारले लागु गरेको लकडाउनको कारण करिव २ सय कृषि फार्मवाट दैनिक सरदर पाँच हजार लिटर दुध संकलन हुँदै आएको दुध बिक्री नभएपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाका किसानहरु दुध नै बस्तुभाउलाई आहाराको रुपमा खुवाउन बाध्य भएका छन् ।
मुख्य बजार क्षेत्र पोखरा बन्द भएसँगै दुध बिक्री गर्न नपाएर किसानहरु समस्यामा परेका हुन ।
यतिवेला दुध, पनिर तथा दहीको माग निकै कम भएपछि कहिलेकाही आफुहरुले गाईबस्तुलाई नै दुध खुवाउँदै आएको अन्नपूर्ण(३, मराउँचेका किसान बलराम पौडेलले वताउनु भयो । दाना महङगिएपछि दानाको सट्टा पानीमा मिसाएर दुध नै खुवाउँदै आएको पौडेलले बताउनुभयो ।
यो गाउँपालिकामा नागडाँडा दुग्ध उत्पादक सहकारी संस्था लगायतले दुध संकलन गरी बिक्रीवितरण गर्दै आएकोमा अहिले हप्तामा २ देखि ३ दिन संकलन कार्य बन्द गरिएको छ । यसै गरी लकडाउनले बजार व्यवस्थापन गर्न नसक्दा दुध संकलन रोक्नु परेको सहकारीले जनाएको छ।