Search

‘सीता’ बन्न करिनाले महंगो पारिश्रमिक मागेपछि निर्माणपक्ष दोधारमा परेका छन्

‘सीता’ बन्न करिनाले महंगो पारिश्रमिक मागेपछि निर्माणपक्ष दोधारमा परेका छन्

बाँपीझ्याला, एजेन्सी । आज पनि उनी निर्माताको पहिलो रोजाइको नायिका हुन् । नायिका करिना कपुरको करिअर अझै पनि उचाइमा छन् । दुई सन्तानकी आमा करिनाको माग बलिउड बजारमा उस्तै उस्तै छ ।

करिनाले आफ्नो करिअरमा थुप्र्रै ब्लकबस्टर चलचित्र दिएकी छिन् । दोश्रो सन्तानलाई जन्म दिएपछि करिना अब ‘विरे दि विडिङ’ र हन्सल मेहत्ताको चलचित्रमा काम गर्ने तयारीमा छिन् । यसैविच, उनलाई चलचित्र ‘सीता’बाट पनि अफर आएको छ ।

यो चलचित्रका लागि करिनाले ८ देखि १० महिनाको समय दिनुपर्नेछ । ‘रामायण’की सीताको जीवनसँग प्रभावित उनको यो भूमिका उनका लागि विशेष छ । यसैले पनि करिना यो चलचित्रको कथा पढेपछि उत्साहित छिन् ।

तर, यो चलचित्रका लागि करिनाले महंगो रकम मागेकी छिन् । करिनाले प्राय चलचित्रका लागि ६ देखि ८ करोड रुपैयाँ पारिश्रमिक माग्दै आएकी थिइन् । उनै, करिनाले यो चलचित्रका लागि भने १२ करोड पारिश्रमिक मागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

करिनाले महंगो पारिश्रमिक मागेपछि निर्माणपक्ष दोधारमा परेका छन् । उनीहरु, यो भूमिकाका लागि अन्य नायिकासँग पनि कुराकानी गरिरहेका छन् । तर, उनीहरुको पहिलो रोजाइमा भने करिना नै रहेको भारतीय मिडियामा उल्लेख छ । तर, करिनाले आफ्नो पारिश्रमिक महंगो बताएपछि निर्मातालाई केही समस्या परेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!