Search

पुनर्मिलनका अमेरिकी विशेषदूत अफगानिस्तान र कतार भ्रमण

पुनर्मिलनका अमेरिकी विशेषदूत अफगानिस्तान र कतार भ्रमण

बाँपीझ्याला, वासिङ्टन, एएनआई । अफगानिस्तानमा पुनर्मिलनका लागि अमेरिकाका विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तान र कतारको भ्रमणमा निस्किएका छन् । अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि कतारको पनि ठूलो भूमिका हुने र विगतमा पनि कतारमा महत्वपूर्ण वार्ताहरु हुने गरेकाले विशेषदूत खलिलजादले ती दुवै देशको भ्रमण गर्न लागेका हुन् ।

उनीसँगै उनकै नेतृत्वमा विशेष प्रतिनिधिमण्डल पनि भ्रमणका लागि शुक्रबार अमेरिकाबाट प्रस्थान गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । प्रतिनिधिमण्डलमा अमेरिकी गृह प्रशासनका उच्च अधिकारीहरु, कुटनीतिक अधिकारी, रक्षा अधिकारी र युएसएआइडीका प्रतिनिधि लगायत रहेका छन् ।

प्रतिनिधिमण्डलले अफगानिस्तानको सरकारी उच्च अधिकारीहरुलाई राजधानी काबुलमा भेट्ने कार्यक्रम रहेको छ । त्यसैगरी अन्य राजनीतिक दलका नेताहरु, नागरिक अगुवा, महिला अधिकारकर्मीलगायत सरोकारवालाहरुसँग पनि प्रतिनिधिमण्डलले छलफल गर्ने जनाइएको छ ।

टोलीले अगफानिस्तानमा द्वन्द्वरत पक्षहरुलाई वार्ताको माध्यमबाट सम्झौतामा लैजाने र देशमा शान्ति कायम गर्न प्रयास गर्ने भएको छ । राजनीतिक समस्या समाधान गर्ने मुल उद्देश्यका साथ अफगानिस्तान र कतार प्रस्थान गरेको टोलीले द्वन्द्वरत दुवै पक्षसँग छलफल गर्ने भएको छ ।

अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ भने द्वन्द्वका कारण हजारौंको मृत्यु र लाखौं विस्थापित भएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!