Search

कांग्रेसको १४औं महाधिवेशनको मिति आन्तरिक विवादका कारण पटक पटक सर्दै, किन अड्कीयो त ?

कांग्रेसको १४औं महाधिवेशनको मिति आन्तरिक विवादका कारण पटक पटक सर्दै, किन अड्कीयो त ?

बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति आन्तरिक विवादका कारण पटक पटक सर्दै आएको छ। पछिल्लो पँटक भदौ ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तय गरिएको भए पनि त्यसको तयारी भने शून्य रहेको छ।

यसअघि २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने भनिए पनि आन्तरिक विवाद सुल्झिन नसक्दा नयाँ मिति तय गरिएको थियो। कोरोना महामारीको दोस्रो लहर बढिरहेको र क्रियाशील सदस्यता लगायतका विवाद समाधान नहुँदा कांग्रेस महाधिवेशन फेरि अन्योलमा परेको छ।

नयाँ मितिमा महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यता कांग्रेस सामु छ। तर कोरोना महामारीलाई देखाएर सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई टार्दै वैकल्पिक बाटोबाट नेतृत्व हत्याउन खोजेको असन्तुष्ट पक्षको आरोप छ।

कोरोनालाई देखाएर महाधिवेशन गर्न आलटाल गर्ने र पार्टीलाई संवैधानिक संकटबाट बचाउने भन्दै नेतृत्व हत्याउने रणनीतिमा लागेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आरोप छ। हरेक ४ वर्षमा पार्टी महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानको व्यवस्था भए पनि त्यो मिति २०७६ फागनुमै सकिएको छ । त्यसपछि विधानले दिएको नियममा टेक्दै १ वर्ष कार्यकाल बढाएको कांग्रेसले त्यसलाई पनि गुजारी सकेको अवस्था छ ।
१ वर्षको समय गुजारेपछि कांग्रेसले संवैधानिक व्यवस्था अनुसारको थप छ महिना समय लिएर भदौका लागि महाधिवेशनको मिति तय गरेको हो ।

महाधिवेशनसम्म १० लाख क्रियाशील सदस्यता पु¥याउने लक्ष्य रहेको र अहिले क्रियाशील सदस्यताबारे काम भइरहेको कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताए। ‘निर्धारित मितिमै महाधिवेशन गर्ने गरी छलफलमा छौं,’ उनले भने, ‘अहिले क्रियाशील सदस्यताको टुंगो लगाउने काम भइरहेको छ।

कोरोना महामारीका कारण समस्या आइरहेको बताउँदै निधिले भने, ‘कुन मोडल अपनाएर नयाँ नेतृत्व चयन गर्ने भन्नेबारेमा पार्टीमा छलफल भइरहेको छ। त्यसबारे पार्टीका तल्ला समितिहरुबाट पनि सुझाव लिइरहेको उनले बताए।

नयाँ र पुराना गरेर करिव ९ लाख क्रियाशील सदस्यले यो पटक दावी गरेका छन्। जसमध्ये ५ लाख क्रियाशील सदस्यको नाम सार्वजनिक भइसकेको छ। ३ लाख सदस्यको नाम सूचिकृत भए पनि उनीहरुको नाम सार्वजनिक भएको छैन। १ लाख सदस्यको नाम भने सूचिकृत हुनै बाँकी रहेको नेताहरुको भनाइ छ।

बाँकी ४ लाखको नाम सार्वजनिक भएको खण्डमा उनीहरुबारे छानविन गर्न सकिने पौडेलले बताए।

कांग्रेस क्रियाशील सदस्यताबारे सबैभन्दा धेरै प्रदेश २ मा विवाद छ। प्रदेश २ को प्रक्रिया अघि नबढ्नुमा उपसभापति विमलेन्द्र निधिलाई आरोप लाग्दै आएको छ।

प्रदेश २ का आठ वटै जिल्लामा क्रियाशील सदस्यता नवीकरणको काम अघि बढ्न सकेको छैन।

महाधिवेशन गर्नका लागि पहिले क्रियाशील सदस्यताको विषय टुंगो लाग्नु पर्ने पौडेलले बताए।

क्रियाशील सदस्यताबारे निचोडमा पुगेपछि ६० प्रतिशत महाधिवेशनको काम सकिने उनले प्रष्ट पारे। कांग्रेसमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि चयन गर्छन्। क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने कांग्रेस विधान छ। महाधिवेशन प्रतिनिधिले केन्द्रमा पार्टी नेतृत्वका लागि मतदान गर्छन्।

बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यसँग महाधिवेशनबारे छलफलसमेत गरेका थिए।

महाधिवेशनबारे विकल्प सार्दै आएका उनले जसरी पनि तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने उक्त भर्चुअल बैठकमा बताएका थिए। पौडेलले गरेको सो बैठकमा कृष्ण सिटौलालाई बोलाइएको भए पनि उनी सहभागी भएनन्।

यसै गरी पौडेलले १३औं महाधिवेशनका प्रतिनिधिबाट पनि महाधिवेशन गर्न सकिने विकल्प बताउँदै आएका छन्।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!