बाँपीझ्याला, एजेन्सी । नेहाको जन्म सन् १९८८ जुन ६ मा क्रृषिकेशमा भएको थियो । बलिउडकी सफल पाश्र्व गायिका नेहा कक्कड आज आफ्नो ३२ औं जन्मदिन मनाइरहेकी छिन् । नेहाको परिवार निकै नै गरिब थियो । नेहा र उनका पिता स्कुलको बाहिर सोमोसा बेच्ने काम गर्दथ्यौ ।
आफ्नो पिताको साथ दिने सोचका साथ नेहाले ४ बर्षको उमेरमा नै धार्मिक कार्यक्रममा गीत गाउन सुरु गरेकी थिइन् । सो समयमा नेहालाई पारिश्रमिक वापत ५ हजार रुपैयाँ मिल्ने गर्दथ्यो । नेहाले आजसम्म गायनको कुनै तालिम लिएकी छैनन् ।
तर, उनी आज बलिउडको सर्वाधिक सफल पाश्र्व गायिका बनेकी छिन् । नेहाले सन् २००८ मा आफ्नो डेब्यू एल्बम ‘नेहा दि रकस्टार’ सार्वजनिक गरेकी थिइन् । उनले बलिउडमा ‘मिरबाई नट आउट’ नामक चलचित्रबाट पाइला राखेकी थिइन् । यसपछि, उनले ‘यारिया, क्विन, गब्बर इज ब्याक, सनम रे, कपूर एन्ड सन्स’ जस्ता हिट चलचित्रमा गीत गाएकी छिन् ।
नेहाले विश्वभर हजार भन्दा बढी कन्सर्टमा आफ्नो प्रस्तुती दिइसकेकी छिन् । भारतीय मिडियाका अनुसार, उनले एउटा चलचित्रमा गीत गाएको ८ लाख पारिश्रमिक लिने गर्छिन् । उनी सर्वाधिक पारिश्रमिक लिने गायिका हुन् ।
गायिका नेहा कक्कड सन् २००८ मा नायक हिमांश कोहलीसँग ब्रेकअपका कारण चर्चामा थिइन् । तर, उनले सन् २०२० मा गायक रोहनप्रित सिंहसँग बिहे गरिन् ।