Search

साङ्लाले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू विशेषगरी रातमा निस्कन मन पराउँछन् ।

साङ्लाले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू विशेषगरी रातमा निस्कन मन पराउँछन् ।

थाइल्यान्डमा भने एक साताअघि एक जना पैदल यात्रु घाइते भएको साङ्लोलाई बोकेर उपचारका लागि पशु अस्पताल पुगेपछि पशु चिकित्सक नै अचम्ममा परेका छन् ।

बाँपीझ्याला, एजेन्सी । साङ्लाले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू विशेषगरी रातमा निस्कन मन पराउँछन् । त्यसो त दिउँसो पनि ननिस्कने होइन, निस्कन्छन् । यी साङ्लाहरू हामीले पकाएका खानेकुराभित्र बसेर हामीलाई हैरानै पार्ने गर्छन् । टेलिभिजन, रेफ्रिजेरेटरलगायतका विद्युत्तीय सामाग्रीभित्र पसेर तार टुटाएर काम नै नलाग्ने पनि बताउँछन् । बच्चाहरू पनि साङ्ला देखेर डराउँछन् ।

विशेषगरी गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । त्यसैले हामी देखेपछि साङ्ला मार्न तम्सन्छौं । साङ्ला नियन्त्रण गर्न विभिन्न रसायनिक औषधि (विषादी) पनि प्रयोग गर्छाैं ।

थाइल्यान्डमा भने एक साताअघि एक जना पैदल यात्रु घाइते भएको साङ्लोलाई बोकेर उपचारका लागि पशु अस्पताल पुगेपछि पशु चिकित्सक नै अचम्ममा परेका छन् । पशु चिकित्सासम्बन्धी काम गरेको लामो समय बित्दा पनि यस्ता घटना नआएकाले पशु चिकित्सक डाक्टर थानु लिम्पापाटनावानिच अचउनी अचम्ममा परेका हुन् ।

भएको के रहेछ भने सडक पेटीमा हिँडिरहेको बेला ती बटुवाले कुल्चिएपछि साङ्लो घाइते भएको रहेछ । त्यही घाइते साङ्लोलाई टिपेर अर्का एक जना व्यक्ति उपचारका लागि क्राथुम बाएनस्थित साइ राक पशु अस्पताल पुगेका थिए ।

पशु चिकित्सक अचउनीले अचम्म मान्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘हिजो राति मैले जीवनमा कहिले पनि सोच्दै नसोचेको घटना भयो । एक जना बटुवाले सडकमा हिँडिरहेको बेला साङ्लोलाई कुल्चिएछन् । सडकमै हिँडिरहेका अर्का एक जना मनकारी मान्छेले त्यो देखे र सडकमा छटपटाइरहेको त्यो साङ्ला लिएर उनी उपचारका लागि पशु अस्पतालको आकस्मिक कक्षमा ल्याए ।

मलाई लाग्छ, यो घटना कुनै मजाक होइन ।’ यसले सबै जीवप्रतिको दया तथा लगावलाई दर्शाउँछ । सबैको जीवन अमूल्य छ । संसारमा यस्तै मानिस धेरैभन्दा धेरै होऊन् । दयाले संसारलाई सहयोग गर्दछ ।

उपचारका लागि ल्याइएको साङ्लोको निःशुल्क उपचार गरेपछि सोही मानिसलाई नै साङ्लो जिम्मा लगाएको उनको भनाइ छ ।

ती व्यक्तिको कामलाई सामाजिक सञ्जालमा प्रशंसा गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!