बाँपीझ्याला, काठमाण्डौं । नेपाल आयल निगमले आज शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन आन्तरिक उडान को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ ।
गत जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ कायम गरिएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमको भनाइ छ ।