Search

लै वरी लै, लै वरी लै, पटुकीमा सिउरेको सुर्के थैली खै, भन्ने गितको बोलमा नाच्दै फर्किए बालबालिका

लै वरी लै, लै वरी लै, पटुकीमा सिउरेको सुर्के थैली खै, भन्ने गितको बोलमा नाच्दै फर्किए बालबालिका

२२ जेठ, बाँपीझ्याला, काठमाण्डौं। लै वरी लै, लै वरी लै, पटुकीमा सिउरेको सुर्के थैली खै, बोलको गीत घन्कदै थियो । बालबालिकादेखि स्वास्थ्यकर्मी तथा कोरोना संक्रमण भएका विरामीहरु खुसीले नाच्न थाले । सबैको मुहारमा जीतको भाव झल्किन्थ्यो । यो खुसीको माहोल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइशोलेसन सेन्टरको हो ।

शनिवार एकैपटक ५२ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए । चारदेखि २० वर्ष सम्मका कोरोना संक्रमित स्वथ्य भएर घर फर्केका हुन् । साना ६ बर्षिय बालिका नाँच्न नआएपनि कम्मर मर्काइ मर्काइ खुसीको गीतमा नाचिरहेको देखिन्थ्यो भने अरुले पनिसाथ दिइरहेका थिए ।

केन्द्रका चिकित्सक तथा कोभिड वार्डका संयोजक डा.जितेन्द्र श्रेष्ठले नक्सालस्थित बालमन्दिर तथा सिफलका बाल गृहका बालकालिका तथा कर्मचारी एकै पटक कोरोनालाई जितेर घर फर्किएको बताउनुभयो ।

सबैको एन्टिजेन परीक्षणबाट नेगेटिभ आएपछि घर फर्काइएको हो उहाँले थप्नुभयो, एक जनाको पोजेटिभ आएकोले केही दिन आइशोलेसनमा नै राख्छौं । डा.श्रेष्ठका अनुसार कुनै स्वास्थ्य समस्या नभएकाले उहाँलाई पनि चाँडै नै घर पठाउछौ ।

कान्ति बाल अस्पतालका चिकित्सकहरुको परामर्श तथा हामीले तयार गरिएको आयुर्वेदिक औषधिले चाँडैनै निको भएको धारणा ब्यक्त गर्नुभयो । बालबालिकालाई कुनै मानसिक समस्या नहोस् भनेर बालमनोविद्हरुले पनि परार्मश दिनुको साथै विभिन्न खेलमा सामेल गराएको पनि उहाँले जानकारी दिनुयभो ।

ती बालबालिकामा जेठ १० गते पीसीआरमा पोजेटिभ आएपछि ११ गते कीर्तिपुरमा ल्याइएको उहाँले जानकारी दिँदै भन्नुभयो, यस अघि कोरोनाको लहरमा साना बालबालिका भर्ना नलिएको हुनाले यो पटक लिन अलि डर थियो । नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले आफ्ना बालबालिका सबै निको भएर फेर्केको देख्दा खुसीको सीमा नभएको बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!