२ जेष्ठ, बाँपीझ्याला, काठमाण्डौं । विश्व वातावरण दिवस (५ जुन) का दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरिएको छ। जेठ २२ गते बिहान शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुललगायत १ सय भन्दा बढी संख्यामा बृक्षारोपण गरिएको छ।
कार्यक्रममा शान्ति समाजका सभापति गोविन्द खनालले समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय वचाउ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गरे।
उनले हालै सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिटी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने पनि बताए। ‘वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेको छ, सरकारको यो आत्मघाती कदम वातावरण प्रतिगमन हो।’ उनले भने।
वृक्षारोपण कार्यक्रममा केन्द्रयी सचिव मिना ढकाल, केन्द्रीय सदस्य बिष्णु भुसाल, आम्दा अस्पताल मेसु डा. राजेन्द्र बश्याल, पत्रकार महासंघ प्रदेश महासचिव बिक्रम खड्कासहितको सहभागिता थियो।
सोही अवसरमा आज समाजले काठमाडौँलगायत विभिन्न स्थानमा वृक्षारोपण गरिएको जनाएको छ।
६ जिल्लामा वृक्षारोपण
विश्व वातावरण दिवस ५ जुनको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजको अगुवाईमा ६ जिल्लामा वृक्षारोपण गरिएको छ । शनिबार बिहान आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुल लगाएत १ सय भन्दा बढी संख्यामा बृक्षारोपण गरिएको समाजले जनाएको छ । जसअन्तर्गत शनिबारै काठमाडौंको गोठाटार, खुर्सानीबारीस्थित असहाय गाईबाच्छा संरक्षण स्थलको डाँडामा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित जनप्रतिनिधिहरु र अधिकारकर्मीहरुले काइयो, ज्याकारान्डा, कपुर, पारिजात, पिपल लगायतका ५० वटा विरुवा रोपेका छन् ।
त्यसैगरी, शान्ति समाज दाङ, पर्सा, कपिलवस्तु र चितवन शाखाले पनि वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् । सन् १९७२ मा संयुक्त राष्ट्रसंघको सम्मेलनले घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा मनाउने निर्णय गरेको थियो ।