Search

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा राप्रपा दोलखाको सक्रियता र समाजसेवी शोभित उप्रेतीको पहलमा २९ लाखको अक्सिजन जेनेरेटर हस्तान्तरण

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा राप्रपा दोलखाको सक्रियता र समाजसेवी शोभित उप्रेतीको पहलमा २९ लाखको अक्सिजन जेनेरेटर हस्तान्तरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन (डिसिसिएमसि) दोलखालाई अक्सीजन जेनेरेटर, हाईड्रोजन र त्यसमा आवश्यक सामाग्री हस्तान्तर गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको सक्रियता र राप्रपा केन्द्रिय सम्पादन समितीका सदस्य एवं समाजसेवी सोभित उप्रेतीको पहलमा चिनियाँ कम्युनिष्ट पार्टीले सहयोग गरेको अक्सीजन जेनेरेटर हिजो संकट व्यवस्थापन केन्द्र दोलखालाई हस्तान्तर गरिएको छ ।

राप्रपा दोलखाका संयोजक राजन बहादुर शिवाकोटीले उक्त अक्सीजन जेनेरेटर सहीत अन्य सामाग्री दोलखा जिल्ला कोभिड १९ व्यवस्थापन समितीका अध्यक्ष एवं दोलखा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र भीमेश्वर नगरपालीकाका नगर प्रमुख भरत बहादुर के.सी.लाई हस्तान्तर गरिएको छ ।

उक्त अक्सीजन जेनेरेटर रहेको मुल्य २९ लाख ६९ हजार ६ शय रहेको छ । यसै गरी यस अक्सीजन जेनेरेटरबाट २४ सै घण्टा अक्सीजन उत्पादन गरेर गम्भीर प्रकारका बिरामीहरुलाई दिन मिल्ने र बिजुलीबाट चल्ने अक्सीजन जेनेरेटरबाट प्रतिमिनेट ३ लिटर अक्सीजन उत्पादन हुने समेत थाहा भएको छ ।

दोलखा जिल्ला शैलुङ गाउँपालीका स्थाई घर भई हाल काठमाण्डौं उपत्यका नयाँ बानेश्वर स्थित मिलनचोकमा बस्नु हुने व्यवसायी एवं समाजसेवी शोभित उप्रेतीले यही जेठ १४ गते चरिकोट अस्पताललाई कोरोना संक्रमीत विरामीहरुको लागि लक्षीत गर्दै रु. ४८ हजार बराबरको औषधी सहयोग गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!