Search

हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय

हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय

बाँपीझ्याला, काठमाण्डौं । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

कोरोनाको जोखिमका बाबजुद पनि सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर हप्ताको एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको सो कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथाम गर्ने भन्दै गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सेवाहरू बन्द गरेको थियो ।

यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!