Search

विवाह पश्चात काजल सुजय घोषको “उमा” मा आगमन

विवाह पश्चात काजल सुजय घोषको “उमा” मा आगमन

बाँपीझ्याला एजेन्सी । बिवाहा पश्चात अभिनयमा ब्रेक लिन पुगेकी अभिनेत्री काजल अग्रवालले सुजय घोषले निर्माण गर्न लागिएको फिल्ममा ‘उमा’ रहने काजोल स्वयंले सामाजिक सञ्जाल आफ्नो इन्स्टा पोस्टमार्फत जानकारी गराएकी छिन् ।

उनले आफू यो फिल्मका लागि उत्साहित रहेको बताउँदै फिल्मको सेटमा फर्कन आतुर रहेको बताएकी छिन् । विवाहको पृष्ठभूमिमा बन्ने यो फिल्ममा अपरिचित ‘उमा’को आगमनसँगै घटने घटनाक्रमलाई पर्दामा देख्न पाइने बताइएको छ । यो फिल्मलाई तथागत सिंहले निर्देशन गर्नेछन् ।

तमिल र तेलगुसँगै हिन्दी फिल्ममा अभिनय गर्ने काजलले गत साल विवाह गरेकी थिइन् । त्यसपछी उनले साइन गरेको ‘उमा’ पहिलो फिल्म हो । दक्षिण भारतको तुलनामा भने उनले हिन्दी फिल्ममा सोचेझैं सफलता पाएकी छैनन् । उनले अजय देवगनको ‘सिंघम’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!