बाँपीझ्याला, काठमाण्डौं । चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा काम गर्ने ३ हजार चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन मात्र गर्दै पत्र लेखेको छ । चलचित्र विकास बोर्डका सदस्य एवं बोर्डका कोभिड १९ व्यवस्थापन संयोजक राज कटुवालले स्वास्थ्य मन्त्रालयलाई आज पत्र वुझाएका थाहा भएको छ ।
यसै गरी चलचित्र विकास बोर्डको पत्रमा स्वास्थ्य मन्त्रालय पनि सकारात्मक रहेको उनले कटुवालले बताएको छ । स्वास्थ्य मन्त्रालय यस बिषयमा सकारात्मक छ । आउने आइतबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले छलफलका लागि चलचित्रकर्मीलाई बोलाउनुभएको छ ।
उक्त दिन मन्त्रीसँगको छलफलमा चलचित्रकर्मीलाई खोप लगाउने र कोभिडको रोकथामका लागि चलचित्रकर्मीले खेल्न सक्ने भूमिकाको बिषयमा छलफल हुने समेत कटुवालले बताउनु भयो ।