Search

नुन उत्पादन तथा वितरणमा निजी क्षेत्रलाई सहभागी गराइएपछि उपभोक्ताकर्मीको विरोध

नुन उत्पादन तथा वितरणमा निजी क्षेत्रलाई सहभागी गराइएपछि उपभोक्ताकर्मीको विरोध

२१ जेठ, बाँपीझ्याला, काठमाण्डौं । नुनको कारोबारमा निजी क्षेत्रलाई सहभागी बनाइएपछि उपभोक्ताकर्मीले विरोध जनाएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बजेटमा गरिएको उक्त व्यवस्था फिर्ता गर्न माग गरेको छ ।

“आर्थिक बर्ष २०७८।०७९ को बजेटमा आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवं न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ” भन्ने उल्लेख भएबाट त्रसित र संशंकित भएको मञ्चले जनाएको छ ।

बिगत ५७ बर्ष देखि जनताले सहज, सरल र गुणस्तरीय आयोडिनयुक्त नुन नेपाल सरकारको निगरानी तथा नियन्त्रणमा जनताले सुलभ र सस्तो मूल्यमा उपभोग गर्न पाइरहेको अवस्थालाई सरकारको सफल कार्यको रूपमा लिन सकिने मञ्चले जनाएको छ । आम उपभोक्ताले हरेक उपभोग्य वस्तुको मूल्य अहिलेको बजारमा ३ गुणा सम्म मूल्य वृद्धि हुँदा पनि विगत ४ बर्ष देखि एउटै स्थिर मूल्य प्रति किलो २० रुपैयाँमा आयोडिनयुक्त नुनको उपभोग गर्न पाइरहेको मञ्चले भनेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!