बाँपीझ्याला, काठमाण्डौं । नेकपा एमाले माधव–झलनाथ समूहको केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रबार सकिएको छ । केन्द्रीय कमिटीमा उठेका विषयहरुलाई अन्तिम रुप दिनका लागि शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ ।
विहीबार र शुक्रबार दुई दिनसम्म माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो । बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको थाहा भएको छ । साथै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरुको धारणा मागिएको र यसलाई शनिबार स्थायी कमिटीले अन्तिम रुप दिने एक केन्द्रीय सदस्यले बताउनु भयो ।