Search

सरकारले प्रत्येक बर्षको पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय

सरकारले प्रत्येक बर्षको पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय

बाँपीझ्याला, काठमाण्डौं । सरकारले हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

त्यस्तै, भारतसँग मल खरिदबारे छलफलका लागि स्वीकृत दिने निर्णय भएको छ भने गृहमन्त्रालयको सिफारिसमा नेपाल नागरिकता दोश्रो संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय भएको छ ।

यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. रमेशप्रसाद लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको छ । मदन भण्डारी विश्वविद्यालय पूर्वाधार निर्माण समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!