बाँपीझ्याला, काठमाडौं । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो ई–८ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको जनाएको छ ।
सरकारले गरेको यस सकारात्मक कदमको सह्रानास्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो दीगो ई–८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य २१ लाख ९४ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएको हो । दीगो ई–८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार भएको कम्पनीले जनाएको छ । परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकै नै सकारात्मक रहने कम्पनीले विश्वास लिएको छ ।
दीगो ई–८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको जनाएको छ ।
एकपटकको चार्जले सामान्य सञ्चालनको अवस्थामा यो कार १५० किलोमिटरसम्म एनइडिसी २०० किलोमिटर कुद्छ भने यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घण्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । दीगो ई–८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा १ रुपैयाँ १० पैसामात्रै पर्ने थाहा भएको छ ।