बाँपीझ्याला, काठमाण्डौं । नेपाल सरकार मन्त्रि परिषद्को निर्णयले नेपाल प्रेस काउन्सीलको अध्यक्षमा दोलखाका बालकृष्ण बस्नेतलाई नियुक्ती गरिएको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. –५ स्थायी घर भएका बस्नेत आज भन्दा दुई दशक अगाडी देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल हुनु हुन्छ ।
दोलखाबाट पत्रकारिता शुरु गर्नु भएको बस्नेत लामो समय सम्म कान्तीपुर दैनिकमा काम गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ केन्द्रिय समितीका पूर्व सदस्य, दोलखाली पत्रकार समाज दोलखा काठमाण्डौंका संस्थापक अध्यक्ष बस्नेतले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्बाचनमा महासचिवमा उम्मेदवार बन्नु भएपनी पराजित हुनु भयो ।
चारबर्ष अघि नेपाल प्रेस काउन्सीलको अध्यक्ष पदमा नियुक्त भएका भवानी बरालको योग्यताको बिषयमा विवाद उत्पन्न भई सर्बोच्य अदालतमा मुद्धा परेपछी यसै बिच पत्रकार किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले दुई दुई बर्षको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पाएका थिए ।
यसै गरी पछिल्लो पटक नियुक्ती गरिएका दुर्गा पौडेलका विरुद्ध सर्बोच्च अन्तिरिम आदेश दिएको थियो । उनको नियुक्तीको कार्याकाल सिद्धिएपछी सरकारले बस्नेतलाई अहिले ४ बर्षका लागि नियुक्ती गरिएको हो । यस भन्दा अगाडी बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्यमा नियुक्ती भएका थिए ।
बस्नेत पेशाले कानून व्यवसायी र खुल्ला डटकम नेपालका सम्पादन पनी हुनु हुन्छ । यसै गरी सरकारले दोलखाका पत्रकार चिरञ्जीवी मास्केलाई प्रेस काउन्सीलको सदस्य र अर्का दोलखाकै पत्रकार बलराम थापालाई बिज्ञापन बोर्डको सदस्य पदमा नियुक्ती गरिएको थियो ।