Search

दोलखामा आज कोरोना संक्रमण ९५ पुष्टी सहीत ७५७, मुक्त ५४ जना

दोलखामा आज कोरोना संक्रमण ९५ पुष्टी सहीत ७५७, मुक्त ५४ जना

अजय प्रधान/ बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला स्थित चरिकोट अस्पतालमा आज पिसिआर ३२ जनाको परिक्षण गरिएकोमा २० जनामा र २३९ जनाको एन्टिजिन परिक्षण गरिएकोमा ७५ जनामा कोरोना संक्रमण पुष्टी भई जम्मा ९५ जनामा कोरोना थप पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय चरिकोट दोलखाले आज प्रकाशित दैनिक अध्यावधिक स्वास्थ्य रिर्पोटमा उल्लेख गरिएको छ ।

जसमा भीमेश्वर नगरपालीकामा पुरुष ५, महिला २ गरी ७ जना, बिगु गाउँपालीकामा पुरुष ५, महिला १ गरी ६ जना, मेलुङ गाउँपालीकामा पुरुष १४, महिला १५ गरी २९ जना, तामाकोशी गाउँपालीकामा पुरुष ७, महिला ५ गरी १२ जना, गौरीशंकर गाउँपालीकामा ८ पुरुष, महिला ४ गरी १२ जना, शैलुङ गाउँपालीकामा पुरुष १२, महिला १५ गरी २७ जना र बैतेश्वर गाउँपालीकाबाट पुरुष १ र महिला १ गरी २ जना गरी जम्मा ९५ जना थप संक्रमण भएको छ ।

जसमा ९५ जना होम आईसोलेसनमा छन् । आज जम्मा ५४ जना विरामी मध्ये जिरी नगरपालीकाबाट पुरुष ६, महिला ५ गरी ११ जना, तामाकोशी गाउँपालीकाबाट पुरुष १, महीला २ गरी ३ जना, कालिञ्चोक गाउँपालीकाबाट पुरुष ८, महिला ९ गरी १७ जना र भीमेश्वर नगरपालीकाबाट पुरुष १८, महिला ५ गरी २३ जना गरी जम्मा निको भएका छन् ।

यसै गरी चरिकोट अस्पतालमा रहेका ९ जना एचडियु र ६ जना आईसोलेसन वार्डमा रहेका छन् भने बाँकी विरामीहरु सिंगटी अस्पतालमा ९ जना, जिरी अस्पतालमा १ जना, बैतेश्वर अस्पतालमा २ जना आईसोलेनस वार्डमा रहेका छन् । यसैगरी ६ जना बिरामी रिफर गरिएको उक्त अध्यावधिक रिर्पोटमा उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!