Search

ढुवानीका साधनलाई सहज आवतजावतको व्यवस्था मिलाउन गृहको निर्देशन

ढुवानीका साधनलाई सहज आवतजावतको व्यवस्था मिलाउन गृहको निर्देशन

२० जेष्ठ, बाँपीझ्याला, काठमाण्डौं । गृह मन्त्रालयले भन्सार नाकाबाट छुटेका मालवाहक सवारीसाधनलाई निर्वाध रुपमा आवतजावतको व्यवस्था मिलाउन बुधबार सीमा क्षेत्रका जिल्ला तथा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।

यसै गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरीगृहले उद्योगहरुको कच्चा पदार्थ बोकेका तथा सहायक पदार्थ बोकेका कन्टेनर अवरोध नहुनेगरी सहजीकरण गरिदिन निर्देशन दिएको हो।

मन्त्रालयका शाखा अधिकृत भास्कर दाहालले हस्ताक्षर गरेको पत्रमा मालवाहक साधनलाई गन्तव्यसम्म जान र फर्किने व्यवस्थाका लागि सहजीकरण गर्न भनिएको छ । मन्त्रालयले भन्सार नाकाहरूबाट उद्योगको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ बोकेर भित्रिएका ट्रक र कन्टेनरलाई गन्तव्यसम्म जान दिन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

यसअघि सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यकीय वस्तु तथा सेवावाहेक अन्य सामग्रीलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको थियाे ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!