Search

हजुरको आजको दिन, २०७८ जेठ २० गते, बिहीवार, ३ जुन २०२१

हजुरको आजको दिन, २०७८ जेठ २० गते, बिहीवार, ३ जुन २०२१

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा पनि सामान्य फाइदा हुनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

आजकाे दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजाेर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ। साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ। पेसामा पनि प्रशस्त फाइदा हुनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। कमजाेरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला। प्रयत्न गर्दा नियमित कामबाट लाभ उठाउन सकिनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। साँझतिर अवसरवादीहरू जाग्नेछन् र आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा केही काम गर्न सकिनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलाे रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजाेर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आत्मबलका साथ राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले पनि उत्साह जगाउनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। स्वास्थ्य कमजाेर हुनाले अध्ययनमा साेचेकाे प्रगति नहुन सक्छ। आँटेकाे काम पनि बीचैमा राेकिएला। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। आफन्तसँग वैरभाव बढ्नाले मन खिन्न हुनेछ। साँझतिर स्वास्थ्य कमजोर हुन सक्छ, आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। अवसरले पनि उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। भूमि तथा पशुधनबाट थाेरै लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा साेचेकाे प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले व्यवहारमा सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द

सोख र हडबडीले केही समस्या निम्त्याउन सक्छ। काम बने पनि सानाे त्रुटि सच्याउन निकै मेहनत गर्नुपर्ला। पारिवारिक माहाेल केही कमजाेर बन्ने देखिन्छ। खानपानको साेखले स्वास्थ्य कमजाेर बन्न सक्छ। उपहारकाे माेहले कर्मक्षेत्र प्रभावित बन्न सक्छ। साँझतिर विवादास्पद काम गर्नुपर्ने परिस्थिति आउला। आत्मसम्मानका लागि बाेली–व्यवहारमा सावधान रहनुहाेला। खर्च पनि बढ्न सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खर्च गरीकन साेचेकाे प्रगति नहुन सक्छ। फाइदाकाे अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई सञ्चय हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने साइत जुर्न सक्छ। मनपर्ने वस्तु उपहारका रूपमा प्राप्त हुनेछ। स्वादिष्ट भाेजनकाे आनन्द प्राप्त हुनेछ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!