बाँपीझ्याला, काठमाण्डौैं । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका छन्। जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताउनु भयो ।
गत वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताउनु भयो ।
उक्त बैठकमा काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी रहका थियो । सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ ।
सार्वजनिक निर्माण बन्द हुँदा सामाग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।