Search

एक दिवसियमा १४ र टि–ट्वन्टीमा २० टोली सहभागि हुने

एक दिवसियमा १४ र टि–ट्वन्टीमा २० टोली सहभागि हुने

बाँपीझ्याला, एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप क्रिकेट खेल्ने टोलीहरुको संख्या बढाएको छ । आइसीसीले एकदिवसय विश्वकपमा १४ र टी–ट्वन्टी विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो ।

आइसीसीको नयाँ योजना अनुसार सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ टिम सहभागि हुनेछन ।

जसमा ५४ खेलहरु खेलिनेछन । यस्तै २०२४ देखि २०३० सम्म हुने चार संस्करणको टी–ट्वन्टी विश्वकपमा २० टिमले सहभागिता जनाउन पाउनेछन् ।

आइसीसीको यो निर्णयले नेपाल जस्ता देशलाई निकै फाइदा हुनेछ । सन् २००७ को एक दिवसिय विश्वकप क्रिकेटमा १६ टिमले सहभागिता जनाएका थिए ।

२०११ र २०१५ मा १४ टिमलाई राखिएको थियो भने २०१९ मा भएको पछिल्लो विश्वकपमा १० टिमले मात्र खेलेका थिए । आइसीसीले अबदेखि महिलाहरुको टी–ट्वन्टी विश्वकपमा १० टिम र एकदिवसिय विश्वकपमा आठ टिमलाई सहभागि गराउने भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!