Search

चिनियाँ सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

चिनियाँ सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

१९ जेठ बाँपीझ्याला, काठमाण्डौं । चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । कोरोनाविरुद्धको यो खोपलाई आपतकालीन प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति प्रदान गरेको हो । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो ।

यस्ता छन् विशेषता
चीनको सिनोभ्याक कम्पनीको डब्ल्यूएचओबाट अनुमति पाएको यो खोप १८ वर्ष माथिकालाई नागरिकलाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो डोज लगाएको दुईदेखि चार सातापछि यो दोस्रो डोज लगाउनुपर्छ ।

सिनोभ्याक खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्छ । अर्थात् घरमा चलनचल्तीमा प्रयोग हुने रेफ्रिजेरेटर (फ्रिज) मा राख्न मिल्छ । कम तापक्रममा पनि खोप भण्डार गर्ने मिल्ने भएकाले यो खोप विकासोन्मुख देशहरुलाई सहज हुने विश्वास गरिएको छ ।

यो खोपले खोप लगाएका शतप्रतिशत मानिसमा कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने अध्ययनहरुमा पाइएको छ ।

डब्ल्यूएचओले सिनोभ्याकले उत्पादन गरेको खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको जनाएको छ ।

डब्ल्यूएचओबाट अनुमति पाउनुअघि नै सिनोभ्याकको यो खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा प्रयोग भइसकेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!