Search

निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले मूल्य नपाउँदा खेतबारीमा नै कुहिन थाल्यो तरकारी

निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले मूल्य नपाउँदा खेतबारीमा नै कुहिन थाल्यो तरकारी

बाँपीझ्याला, चितवन । कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लगाएको निषेधाज्ञाका कारण खेतबारीमा उत्पादन भएको तरकारीले मूल्य नपाउँदा र बिक्री समेत कम हुन थालेपछि किसान मारमा परेका छन् । पछिल्लो समय यसको बिक्री वितरण न्यून भएपछि खेतबारीमा नै कुहिन थालेको किसानहरु बताउछन् ।

धमाधम तरकारी बिक्री गर्ने बेलाका निषेधाज्ञा जारी भएपछि किसान चिन्तित बनेका हुन् । बारीको तकारी टिपेर बजार पु¥याउँदा लाग्ने खर्च समेत नधान्ने उनीहरु गुनासो रहेको छ । जिल्ला ताजा तरकारी फलफूल उत्पादक सहकारी सङ्घ चितवनका सचिव रामचन्द्र रेग्मीका अनुसार आज बजारका करेला प्रतिकेजी रु पाँचमा पनि बिक्री गर्न मुश्किल परेको थियो । गत चैतको पहिलो हप्ता सो तरकारी प्रतिकेजी रु १ सय २० मा बिक्री भएको थियो ।

यसै गरी अहिले तनेबोडी प्रतिकेजी रु १० मा बिक्री हुने गरेको छ । यसको पहिलेको मूल्य रु १ सय २० नै थियो । उहाँका अनुसार रु ९० मा बिक्री भएको घिरोला अहिले प्रतिकेजी रु २५, रु ८५ मा बिक्री भएको रामतोरी रु १५ मा समेत बिक्री गर्न कठिन छ । रु ५ मा झरेको गोलभिँडा रु २५ सम्ममा बिक्न शुरु भएको छ । रु १० मा बिक्री हुन नसकेको भेन्टा रु १५ सम्ममा बिक्न थालेको उहाँले जानकारी दिनुभयो । चिचिण्डा बिगतमा झै रु २० हाराहारीमा बिक्री भएको छ ।

नारायणगढ स्थित तरकारी तथा फलफूल स्थलमा निषेधाज्ञा जारी भएपछि दैनिक दुईदेखि तीन टन तरकारी बिक्रीहुन नसकेर खेरा जाने गरेको बताइएको छ । तरकारीले उचित मूल्य नपाउँदा जिल्लाका किसान चिन्तित छन् । भरतपुर महानगरपालिका २६ मा मामा भान्जा कृषि फर्म सञ्चालन गर्दै आउनु भएका सुनिल गुरुङ्ले बजारमा उचित मूल्य पाउन नसकेको गुनासो गर्नुभयो । उहाँको बारीमा अहिले लौका, करेला, तनेबोडी, स्टिकलेस बोडी, सिमि र घिरौला रहेका छन् । उहाँले भन्नुभयो “दैनिक १ देखि १ दशमलब ५ टन तरकारी बजारमा जान्छ ।

पहिलेको भन्दा आधा पनि मूल्य परेको छैन ।” अघिल्लो वर्षको लकडाउनका कारण मारमा परेका किसान यस वर्ष पनि घाटा बहोर्नु परेको उहाँले जानकारी दिनुभयो । खद्रौलीमा सुवेदी कृषि फर्म सञ्चालन गर्दै आउनु भएका सुभद्रा सुवेदीले किसानसंग अहिले नोक्सानीको हिसाव गर्नु वाहेकको विकल्प नरहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो “स्थानिय प्रशासनले हाटवजारहरु बन्द गरिदिदाँ र बजारसम्म पु¥याउन कठिन हुँदा उचित मूल्य पाउन सकिएन ।” निषेधाज्ञा अघि तरकारी लिनका लागि व्यवसायी खेतबारीमा नै आउने गरेको भए पनि अहिले बन्दाबन्दीका कारण व्यवसायी आउन छोडेको उहाँको गुनासो छ ।

उहाँले तरकारीहरु अन्य बालीजस्तो भण्डारण गर्न नसकिने भएकाले समयमै बजारमा लगेर बिक्री नगरे कुहिएर खेरा जान्छ । पश्चिम चितवन तरकारीको मुख्य पकेट क्षेत्र हो । यहाँको तरकारी स्थानिय वजार संगै काठमाडौँ, पोखरा, बुटवल जाने गरेको थियो ।

अहिले बारीमा गोलभेडा, काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, रामतोरी, भेन्टा लगायतका तरकारी बजार लैजाने अवस्थामा छन् । कृषि ज्ञानकेन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लामा उत्पादित तरकारीको बजार भाउ नपाउने अवथा रहेको भए पनि क्रमिक रुपमा सुधार हुँदै जाने बताउनुभयो । बन्दाबन्दीका कारण कृषककोबाट तरकारी उठ्न नसकेको र कुहिएर जान थालेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा वार्षिक ७ हजार ५ सय हेक्टरमा तरकारी खेती हँुदै आएको छ । यस समयमा दुई हजार ४ सय हेक्टर क्षेत्रफलमा तरकारी लगाइँदै आएको छ । वार्षिक रुपमा जिल्लामा एक लाख मेट्रिकटनको हाराहारीम उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ ।

व्यवसायीले यहाँबाट पश्चिममा धनगढी र पूर्वमा बिर्तामोडसम्म तरकारी लैजान्थे । अहिले कोहोलपुर पश्चिम र हेटौडा पूर्व तरकारी जान सकेको छैन । तरकारी यात्रुवाहक बसको छतमा राखेर पठाइन्थ्यो ।

अहिले सार्वजानिक यात्रुवाहक बस नचले पछि तरकारी पठाउन नसकिएको व्यवसायीको भनाई छ । । स्थानीय स्तरमा आफ्नै उत्पादन हुने मौषम भएकाले पनि खपत कम छ । निषेधाज्ञाले होटल, रेष्टुरेन्ट बन्दसंगै भोजभतेर नहुँदा तरकारीको खपत समेत घटेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment