Search

पछिल्लो २४ घण्टामा ४ हजार १७८ थपिए, ६ हजार ४९१ कोरोनामुक्त, ११४ को मृत्यु

पछिल्लो २४ घण्टामा ४ हजार १७८ थपिए, ६ हजार ४९१ कोरोनामुक्त, ११४ को मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । नेपालमा कोरोनाभाइरसका ४ हजार १७८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार १७८ सङ्क्रमित पुष्टि भएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६१ ह्जार ३०२ पुगेको छ । हाल एक लाख छ हजार ४७० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ४९१ सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म चार लाख ४७ हजार ४४६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने दर ७९.७ प्रतिशत पुगेको छ । हाल ६८९ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११४ सङ्क्रमितको मृत्यु भएको जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ३८६ जनाको मृत्यु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!