बद्री दाहाल
बाँपीझ्याला, दोलखा । पछिल्लो २४ घण्टामा चरिकोट अस्पताल चरिकोटमा ९५ पिसिआर परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५८ जनामा एन्जीजेन परिक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टी भई जम्मा ४६ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले दैनिक प्रकाशित स्वास्थ्य विवरणमा जनाईएको छ ।
जसमा बिगु गाउँपालीकामा पुरुष ६, महिला २ गरी ८ जना, गौरीशंकर गाउँपालीकामा पुरुष २, तामाकोशी गाउँपालीकामा पुरुष १३, महिला १२ गरा ि२५ जना, मेलुङ गाउँपालीकामा पुरुष २, महिला ७ गरी ९ जना गरी जम्मा ४६ जना संक्रमण रहेका छन् ।
यसै गरी ९० जना बिरामी मध्ये भीमेश्वर नगरपालीका बाट पुरुष ९, महिला महिला ५ गरी १४ जना, जिरी नगरपालीकाबाट पुरुष ७, महिला ३ गरी १० जना, तामाकोशी गाउँपालीकाबाट पुरुष ११, महिला ४ गरी १५ जना, कालिञ्चोक गाउँपालीकाबाट पुरुष २१, महिला २६ गरी ४७ जना, बीगु गाउँपालीका बाट पुरुष ३, महिला १ गरी ४ गरी जम्मा ९० जना बिरामी निको भएका छन् ।