Search

लुम्बिनीबाट राष्ट्रिय सभामा कांग्रेस उम्मेद्‌वार पाण्डे निर्वाचित

लुम्बिनीबाट राष्ट्रिय सभामा कांग्रेस उम्मेद्‌वार पाण्डे निर्वाचित

१७ जेठ, बाँपीझ्याला, काठमाण्डौं । लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्‌वार दृगनारायण पाण्डे विजयी भएका छन्। सोमबार भएको मतदानमा पाण्डेले ४ हजार १४० मतभार पाए। उनका विपक्षी एमालेका उम्मेद्‌वार चन्द्रबहादुर खड्काले ३ हजार ५९४ मतभार पाए।

पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको पनि साथ थियो। जम्मा ३०० मतदाता रहेको लुम्बिनीमा २९७ मत खसेको थियो। तीन स्थानीय तहका प्रमुख मतदानमा अनुपस्थित भएका थिए।

स्थानी तहतर्फ पाण्डेले ११८ र खड्काले ९३ मत पाए। यस्तै, प्रदेशतर्फ पाण्डेले ४२ र खड्काले ४० मत पाए।

यसअघि माओवादी केन्द्रको तर्फबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि उपनिर्वाचन भएको हो। एमालेले खड्कालाई नै पुन: उम्मेद्‌वार बनाएको थियो।

सोमबार निर्वाचित पाण्डे यसअघि एमालेको तर्फबाट लुम्बिनीको प्रदेश सभा सदस्य थिए। उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!