Search

हेलम्बु क्षेत्रमा स्याउखेती सुरु, फुल्न थाल्यो फुल

हेलम्बु क्षेत्रमा स्याउखेती सुरु, फुल्न थाल्यो  फुल

बाँपीझ्याला, सिन्धुपाल्चोक । धार्मिक, पर्यटकिय क्षेत्रसिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा स्याउखेती सुरु भएको छ । उचित समन्वयको अभावमा करिब समाप्त हुन लागेको स्याउ खेतिले स्थानीय सरकारको उचित समन्वय तथा सहयोगमा पुनर्जीवन पाउन लागेको हो ।

धार्मिक, पर्यटन एवं स्याउको माध्यम बाट विगत देखिनै आफ्नो छुट्टै पहिचान बनाउन सफल हेलम्बुमा स्थानीय सरकारको उल्लासमय सक्रियता छ ।

पछिल्लो समय पर्यटकको आकर्षक केन्द्रको रूपमा परिचीत हुँदै गरेको हेलम्बुमा निर्माण गरिन लागेको हेलम्बु हिमालयन ग्रेट ट्रेल अहिले सर्वाधिक चर्चामा छ ।

यसको अलावा हेलम्बुका ऐतिहासिक मठ, मन्दिर,गुम्बा, प्राकृतिक मनोरम दृश्य, बन्जी जम्पको लागि बन्दै गरेको पुल, रेड्पाण्डा, ट्राउट लगायतका जिवजन्तु, उच्च भेगमा पाइने जडिबुटी, हिमशृङ्खला जस्ता प्राकृतिक तथा मानव निर्मित संरचनाहरु हेलम्बुका विशेषताभित्र पर्न थालिसकेका छन् ।

यो सँगै विगत देखिनै स्याउखेतिको एउटा छुट्टै पहिचान बनाउन सफल हेलम्बुको स्याउको पुनर्जीवनका लागि हेलम्बु गाउँपालिकाले सक्रियता देखाएको छ ।

हेलम्बुको महत्वाकांक्षी योजना अन्तर्गतको हेलम्बुको ग्रेट ट्रेलको वरिपरी व्यावसायिक रुपमै स्याउको उत्पादन गर्ने योजना रहेको गाउँपलिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् ।

सोही योजना अन्तर्गत चालू आर्थिक बर्षमा हेलम्बु गाउँपालिकाले इटालिबाट २ हजार बिरुवा खरिद गरेको हेलम्बु गाउँपालिकाका कृषि विभाग संयोजक छिरिङ लामा ह्योल्मो बताउनस भयाे । लामाका अनुसार इटालिबाट प्रती बिरुवा रु १ हजार एक सयमा खरिद गरिएका विरुवा मध्ये केहि बिरुवा गाउँपालिकाले ग्रेट ट्रेलको वरिपरि लगाएको छ भने बाँकी बिरुवा ५० प्रतिशत अनुदानमा हेलम्बुका कृषकलाई वितरण गरिएको छ ।

परम्परागत भन्दा छोटो समयमा उत्पादन दिने भएकोले कृषकहरु उत्साहित भएकोले आगामी दिनमा पनि स्याउ खेतिलाई गाउँ पालिकाको तर्फबाट प्रोत्साहन गरेर व्यवसायीकरण गरिने उनले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!