Search

दोलखामा कोरोना संक्रमण मुक्त हुनेलाई हर्लिक्स र च्ववनप्रास बितरण

दोलखामा कोरोना संक्रमण मुक्त हुनेलाई हर्लिक्स र च्ववनप्रास बितरण
समाजसेवी सकुना श्रेष्ठ

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
समाजसेवी एवं महिला व्यवसायी सकुना श्रेष्ठ र नेपाल निर्माण व्यवसायी महासंघका महासचिव तथा व्यवसायी रोसन दाहालको संयुक्त सहयोगमा कोभिड १९ को संक्रमणबाट मुक्त हुने भीमेश्वर नगरपालीका दोलखाका ३० जना स्थानिय वासिन्दाहरुलाई दोलखा स्वास्थ्य चौकी दोलखामा आज आईतबार एक कार्यक्रमको आयोजना गरी एक एक वटा हर्लिक्स र एक एक वटा च्ववनप्रास र खाद्यान्न सामाग्री हस्तान्तर गरिएको छ ।

उक्त सामाग्री स्वास्थ्य चौकीका प्रमुख राम मास्के र महिला विकास सचेतन केन्द्र दोलखाका अध्यक्ष मञ्जरी श्रेष्ठले संयुक्त रुपमा बितरण गरिएको छ ।

यसै गरी यही जेठ ११ गते समाजसेवी सकुना श्रेष्ठज्यूकै सहयोगमा दोलखा स्थित संक्रमणको समयमा अग्रपंक्तीमा खट्नु पर्ने दोलखा स्वास्थ्य चौकीका कर्मचारीहरु, दोलखा भीमेश्वर मन्दिर स्थित रहेको दोलखा प्रहरी कार्यालयका सुरक्षारत प्रहरीहरु र महिला विकास सचेतन केन्द्रका पदाधिकारी तथा सदस्यहरुलाई माक्स र स्यानिटाईजर बितरण थियो ।

जेठ १४ गते दैनिक ज्यालाधारीमा काम गर्ने, असाह्य दिन दुःखी स्थानिय वासिन्दाहरुलाई अति आवश्यक पर्ने स्वास्थ्य सामाग्री र खाद्यान्न समाजसेवी सकुना श्रेष्ठ मलेकुबाट दोलखा स्थित महिला विकास तथा सचेतन केन्द्र दोलखाको सक्रियता र व्यवस्थापनमा पाखलती, टँसिचाबाली र मन्टोपरमा बितरण गरिएको थियो ।

यसरी समाजसेवी सकुना श्रेष्ठले कोभिड १९ को संक्रमणबमा परेका आर्थिक श्रोत कमजोरी, असाह्य दिन दुःखी लाई स्वास्थ्य सामाग्री र खाद्यान्न बितरण गर्नुका साथै सुरक्षाकर्मी, स्वास्थ्य कर्मी र सामाजिक कार्यमा अग्रपंक्तीमा हिड्नु पर्ने स्थानिय वािसन्दाहरुलाई स्वास्थ्य सामाग्रीहरु बितरण गर्नु भएको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!