Search

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनद्वारा सुटुक्क विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनद्वारा सुटुक्क विवाह

५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग विवाह

बाँपीझ्याला, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गर्नुभएको छ । प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गर्नु भएको बताइएको छ ।

प्रधानमन्त्री जोनसनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको विभिन्न पत्रपत्रिकाहरुले जनाएका छन् ।

बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले बधाई प्रधानमन्त्रीलाई वैवाहिक जीवनको बधाई दिनुभएको छ ।

यसैगरी उत्तरी आयरल्याण्डका प्रथम मन्त्री आर्लिन फोस्टरले पनि ट्वीटर मार्फत् जोनसनलाई बधाई दिनुभएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!