अजय प्रधान / बद्री दाहाल
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला सदरमुकाम चरिकोट कारागारमा बन्दी जिवन बिताई रहेका ६ जना कैदिहरुलाई आज गणतन्त्र दिवशको अवसर पारेर बाँकी कैद मिना गरी दिएको छ । यसरी कैद मिनाह हुनेहरुमा भीमेश्वर नगरपालीका, बैतेश्वर गाउँपालीका र गौरीशंकर गाउँपालीकाबाट एक एक जना गरी तिन जना रहेका छन् । यसै गरी जिरी नगरपालीकाबाट दुई जना गरी ५ जना र रौतहटका १ जना गरी जम्मा ६ जना रहेका छन् ।
यसरी कैद मिनाहा हुनेहरुमा जिरी नगरपालीका –८ का १ जना, बैतेश्वर गाउँपालीका –७ का दुई जनाको कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । उनीहरुमध्ये जिरीका पुरुष कैदीलाई ९ बर्षको कैद र बैतेश्वरको पुरुषले ३ बर्षको कैद मिनाहा पाएका छन् ।
यसै गरी जिरी नगरपालीका –४ का एकजना ज्यान मार्ने उद्योग, गौरीशंकर गाउँपालीका –५ का एक जना बहुबिबाह, भीमेश्वर नगरपालीका –७ मकैबारीका एकजना अपराधिक उपद्रो मुद्धा र रौतहटका एकका पुरुष चोरी मुद्धामा सजाय भोगीरहेका थिए ।
चरिकोट कारागारमा एकशय चवालीस जनाले बन्दी जिवन बिताएको थियो भने अव ६ जनालाई कैद मिनाहा गरिएपछी एकशय अरतिस जनाले बन्दी जिवन बिताईरहेका छन् भनी कारागार प्रशासनले जनाएको छ ।