Search

सरकार राति निन्द्रा त राम्रो लाग्छ ? प्रियंका कार्की

सरकार राति निन्द्रा त राम्रो लाग्छ ? प्रियंका कार्की

बाँपीझ्याला, काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छन् । उनले सामाजिक सञ्जाल आफ्नो फेसबुकमा नेपाल सरकारलाई अनुरोध गर्दै सरकारलाई अहिलेको देशको स्थिती आँखा खोलेर हेर्न आग्रह गरेकी छन् ।

उनले आफ्नो फेसवुकमा स्ट्याटस लेख्दै भनेकी छन्, “अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिलेको प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने”

उनले महामारीमा जनताको दुख नबुझेको भन्दै सरकारप्रति आक्रोश गरेकी छन् । उनी लेख्छिन्, ूअहिलेको नाजुक घडीमा ४० अर्ब चुनावमा खर्च गर्ने देश र जनतालाई साच्चै यही चाहिएको हो त ? यो समयमा सरकारले बुझ पचाएर बस्ने, ए सरकार राति निन्द्रा राम्रो लाग्छ ? तिम्रो देश जलिरहेको छ। नेताहरू मरिरहेका छन्। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।

उनले देश हाँक्ने शक्ति, देशलाई प्रगति र उन्नतीको मार्गमा लैजानु, इमानदारी र जिम्मेवारीका साथ देश र जनताको सेवा र सुरक्षा गर्नु सरकारको दायित्व होइन र ? भन्दै सरकारलाई प्रश्न गरेकी छन्

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको, अस्पताल, अक्सिजन र भेन्टिलेटरको अभावमा जनताले भोगेका दुःख पाइरहेको समयमा अरबौँ खर्च गरेर चुनाव गर्नु उचित नहुने समेत जिकिर उनले गरेकी छिन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!