बाँपीझ्याला, काठमाण्डौं । गणतन्त्र दिवशको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले नेपाली जनताको नाममा सम्बोधन गर्दै एक प्रेश बिज्ञप्ती जारी गरिएको छ । निरंकुश सामन्ती व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्षले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा अध्यक्ष प्रचण्डले पार्टी र आफ्नो तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
यसै गरी महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथैै, बेपत्ता एवं घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गरिएको उक्त बक्तव्यमा सम्वोधन गरिएको छ ।
गौरवपूर्ण ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुस्वास्थ्य र प्रगतिको उत्तरोत्तर कामनासहित संविधान र लोकतन्त्र विरोधी तत्वहरुका विरुद्ध एकतावद्ध संघर्षका लागि हार्दिक आब्हान सहीत अपिल गर्नु भएको छ ।