१५ जेठ, बाँपीझ्याला, काठमाण्डौं । आज जेठ १५ नेपालमा गणतन्त्र घोषणा गरेको दिन । गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ । गत बर्षमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा गरिएको छ ।
गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैं छन् । कार्यक्रमको चाँजोपाँजो भने गृहमन्त्रालयले मिलाएको छ ।
गृहका अर्का एक अधिकारीले पानी परेर कार्यक्रम प्रभावित हुने भएकाले टुँडिखेलको खुल्ला चौरमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गर्न नसकिएको बताए ।
जंगअड्डाको हलभित्र आयोजित समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायत सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई सहभागीता हुनेछ ।