Search

दोलखामा आज थप ९२ जनामा कोरोना पुष्टी, एक्कै दिन निको हुनेको संख्या १०५ गरी जम्मा हालसम्म निको हुनेको संख्या ४३८

दोलखामा आज थप ९२ जनामा कोरोना पुष्टी, एक्कै दिन निको हुनेको संख्या १०५ गरी जम्मा हालसम्म निको हुनेको संख्या ४३८

अजय प्रधान / बद्री दाहाल
बाँपीझ्याला, काठमाण्डौं ।
दोलखामा पछिल्लो २४ घण्टामा ९२ जनामा पिसिआर परिक्षण गरिएकोमा ९० जना र ३३ जनामा एन्टिजेन परिक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण पुष्टी भई जम्मा ९२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसै गरी एकशय पाँचजनामा कोरोना संक्रमण विरामीहरु निको भएको छ भनी जिल्ला स्वास्थ्य कार्यालय चरिकोटले आज प्रकाशित स्वास्थ्य रिर्पोटमा उल्लेख गरिएको छ ।

यसरी संक्रमण हुनेहरुमा भीमेश्वर नगरपालीकामा पुरुष १०, महिला १६ गरी २६ जना, जिरी नगरपालीकामा पुरुष १, बीगुगाउँपालीकामा पुरुष ८, महिला ११ गरी १९ जना, कालिञ्चोक गाउँपालीकामा पुरुष १०, महिला १० गरी २० जना, बैतेश्वर गाउँपालीकाबाट पुरुष २, महिला १ गरी ३ जना, तामाकोशी गाउँपालीकामा पुरुष १४, महिला ९ गरी २३ जना गरी ९२ जना संक्रमण रहेका छन् । जुन होमआईसोलेनमा रहेका छन् ।

त्यसै गरी निको हुनेहरुमा भीमेश्वर नगरपालीकामा पुरुष १७, महिला २७ गरी ४४ जना, बैतेश्वर गाउँपालीकामा १५ पुरुष, ५ महिला गरी २० जना, तामाकोशी गाउँपालीकामा ७ पुरुष, १२ महिला गरी १९ जना, कालिञ्चोक गाउँपालीकामा २ पुरुष, ७ महिला गरी ९ जना, शैलुङ गाउँपालीकामा ६ पुरुष ४ महिला गरी १० जना, गौरीशंकर गाउँपालीकामा पुरुष २ र मेलुङ गाउँपालीकामा १ पुरुष गरी जम्मा १०५ जना कोरोना संक्रमण बाट निको भएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!