१४ जेठ, बाँपीझ्याला, काठमाडौं । प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा आजबाट सुनुवाइ शुरु भएको छ । प्रतिनिधिसभाको विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले आजै पाँच सदस्यीय संवैधानिक इजलास गठन गर्नु भएको छ ।
सो इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, डा. आनन्दमोहन भट्टराई,तेजबहाजुर केसी, बम कुमार श्रेष्ठ न्यायाधीशहरू रहनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आज सुनुवाइ हुँदैछ । यसरी संवैधानिक इजलासमा परेको ११ वटा रिट र अर्को १९ वटा रिट सर्वोच्च अदालतमा परेका छ।
अन्य रिटहरूमा विहीबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा पेश गर्न आदेश दिनुभएको थियो ।