अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाका चार राजनितीक दलहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतीले गरेको प्रतिगमनको विरुद्ध प्रतिवाद गरी शसंक्त हुन अपिल गदै आज एक बिज्ञप्ती निकालिएको छ । बिज्ञप्तीमा नेपालको संविधान, संघिय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न सम्पूर्ण राजनितीक दल, युवा, विद्यार्थी, संचारकर्मी, नागरिक समाज लगायत सम्पूर्ण दोलखाली न्यायप्रेमी जनसमूदायमा अपिल गरेको छ ।
यसै गरी उक्त बिज्ञप्तीमा प्रधानमन्त्री र राष्ट्रपतीको असंबैधानिक, अलोकतान्त्रीक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको विरोध गर्दै बिघटीत प्रतिनिधी सभाको पुर्नस्थापनाको माग गरिएको छ ।
यसरी बिज्ञप्ती जारी गर्ने राजनितीक दलहरुमा नेपाली काँग्रेस दोलखाका तर्फबाट सभापती रुद्र बहादुर खड्का, नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष गोपाल पाण्डे, नेकपा एमालेको तर्फबाट सचिव प्रोण प्रताप केसी र जनता समाजपाटीको तर्फबाट अध्यक्ष ललित मगरले हस्ताक्षर गरि जारी गर्नुका साथै मध्यराजमा प्रतिनिधीसभा बिघटन गरी नेपालको संविधान र लोकतन्त्र माथी गम्भिर प्रहार गरेको उल्लेख गरिएको छ ।