Search

दोलखा जिल्ला गौरीशंकर गाउँपालीका वडा नं. १, २ शिल

दोलखा जिल्ला गौरीशंकर गाउँपालीका वडा नं. १, २ शिल

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
कोभिड १९ को संक्रमण दिन दिनै प्रतिदिन बढ्दै गए सँगै दोलखा जिल्लाको गौरीशकर गाउँपालीका वडा नं. १ र २ शिल गरिएको छ । गौरीशंकर गाउँपालीका वडा नं. १ र २ ले वडामा कोभिडको संक्रमण बढी रहेकोले उक्त क्षेत्रमा प्रवेश निषेध र वडा शिल गर्ने सिफारिस भए अनुसार आज मिती २०७८ जेठ १२ गते राती १२ बजेदेखि यही जेठ १८ गते राती १२ बजेसम्म लागू हुने गरी उक्त वडाहरु शिल गरिएको सूचना गाउँपालीका अध्यक्ष सोयम बहादुर खड्काले जारी गर्नु भएको छ ।

शिल गरिएको अवधीमा वडाभित्र कुनै पनी किसिमको सवारी साधन प्रवेश रोक, चिया तथा पसलहरु पूर्णरुपमा बन्द, गाउँमा ५ जनाभन्दा बढी मानिसहरुको भेला बन्द गरिएको उक्त सूचनामा जनाईएको छ । यसै गरी जिल्ला प्रशासन कार्यालय चरिकोट, ईलाका प्रहरी कार्याल सिंगटी र ईलाका प्रहरी कार्यालय मैनापोखरीलाई बोधार्थ समेत दिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!