१२ जेठ, बाँपीझ्याला, सिन्धुपाल्चोक । भूकम्पले भत्काएका सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५०० वर्षभन्दा पुरानो ऐतिहासिक पुरातात्त्विक गुम्बाहरु पुन:निर्माण हुने भएको छ । पुन निमार्ण हुन लागेको गुम्वाहरुमा हेलम्बुमा बन्ने गुम्बाहरु १. मेलम्ची घ्याङ, २. तार्के घ्याङ र ३. सेर्माथाङ घ्याङ्हरुको रहेको नेकपा एमालेका नेता तथा सासंद शेर बहादुर तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार उक्त कार्य हिजो शिलन्यास सुरु भएको थियो । बौद्ध धर्म विधिअनुसार पुजागरी बुद्ध जयन्तीको अवसरमा विधिवत सम्पन्न सिलन्यास गरिएको थियो ।
करोडौंको लगानीमा पूरातात्विक महत्वका यी गुम्बाहरु सिमेन्ट पिलर र ढलान प्रयोग नगरिने र अधिकतम काठ प्रयोग गरेर बनाईने भएकाले यी गुम्बाहरु साँच्चै नमुना हुनेछन ।
भारत सरकारको अनुदानमा नेपाल सरकार भूकम्प पून:निर्माण प्राधिकरण, पूरातत्व विभाग, भवन विभागले निर्माणको संयोजन गरिरहेको तामाङले बताउनुभयो ।