Search

चेल्सीका कप्तान सेजरले पाएको रातो कार्ड फिर्ता

चेल्सीका कप्तान सेजरले पाएको रातो कार्ड फिर्ता

१२ जेठ, बाँपीझ्याला, एजेन्सी । चेल्सीका कप्तान सेजर अज्पिलिक्वेटाले एस्टन भिल्लासँगको खेलको क्रममा पाएको रातो कार्ड फिर्ता भएको छ ।

गत शनिबार भएको खेलको क्रममा ८९ औं मिनेटमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिशलाई समातेको देखिएपछि सेजरलाई रातो कार्ड दिइएको थियो ।

रेफ्रीले देखाएको रातो कार्डविरुद्ध उनले अपील गरेका थिए ।

तर सेजरको अपीलपछि पुर्नमुल्यांकन गर्दा रातो कार्ड दिनु नपर्ने भन्दै निर्णय उल्ट्याइएको हो ।

भिल्लामाथि २–१ को जित निकालेको चेल्सीले शीर्ष चारमा स्थान बनाएर च्याम्पियन्स लिगका लागि छनौट हुन सफल भएको थियो ।

३१ वर्षका सेजर युरोकपका लागि स्पेनको टोलीमा पनि छन् । मे २९ मा चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!